News Portal

  • एभरेष्ट इन्स्योरेन्सले संयुक्त लगानीको केन्द्रिय कार्यालय रहेको भवन बिक्री गर्दै

    आर्थीकसंसार संवाददाता२७ वैशाख, २०७९
    ७०८ पटक
    २७ वैशाख, २०७९

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले संयुक्त लगानी रहेको आफ्नै केन्द्रिय कार्यलाय रहको भवन बिक्री गर्ने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १ हात्तीसारमा रहेको भवनमा आफ्नो स्वामित्व जति मात्रै बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
    संयुक्त लगानीमा रहेको उक्त भवन ८ वटा कित्तामा रहेको छ । ६ वटा कित्ता ६४७७.०३ वर्ग फिट अर्थात १८ आना ३ पैसा जति जग्गा रहेको छ । जस मध्ये कम्पनीको हिस्सा १४१० वर्ग फिट अर्थात ४ आना जति रहेको छ । त्यस्तै अर्को २ कित्तामा रहेको १०६०९.७५ वर्ग फिट मध्ये कम्पनीको नाममा २३१०.८० फिट रहेको छ । यस अन्तर्गत ३१ आना मध्ये ६.७४ आना कम्पनीको हक भित्र पर्दछ ।
    यहि जग्गामा निर्माण भएको भवनको दोस्रो तल्ला कम्पनीको नाममा रहेको छ । दोस्रो तल्लाको क्षेत्रफल अन्दाजी ६९४० वर्ग फिट रहेको कम्पनीले जनाएको छ । यहि क्षेत्रफल बिक्रीका लागि कम्पनीले बोलबोल लिलाम आह्वान गरेको छ ।
    खरिद गर्न ईच्छुक संगठित संस्था/फर्म वा व्यक्तिले जेठ १५ गतेसम्म बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ । बोलपत्र पेश गर्दा एउटा फारमको १० हजार रुपैयाँ तिर्नु पर्नेछ । उक्त रकम फिर्ता हुने छैन ।
    हिमालयन जनरल इन्योरेन्स कम्पनी सँग मर्जरको संझौता गरेको एभरेष्टले भने आफ्नो स्वामित्वमा रहेको घरजग्गा बिक्री सुरु गरेको छ । संयक्त लगानीमा खरिद गरिएकोले यस भित्रका कतिपय विवादलाई अन्त्य गर्न पनि कम्पनीले बिक्री गर्न खोजिएको हुन सक्छ । यस भवन बिक्रीबाट कम्पनीले प्रचलित मूल्यका आधारमा कम्तिमा १० करोडदेखि २० करोड रुपैयाँसम्म उठाउन सक्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्