News Portal

  • १३६औं वार्षिकोत्सव मनाउँदै कोका–कोला कम्पनी

    आर्थीकसंसार संवाददाता२६ वैशाख, २०७९
    ८६४ पटक
    २६ वैशाख, २०७९

    काठमाडौं । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६औं वार्षिकोत्सव मनाएको छ ।
    यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन् । आज यो पेय पदार्थ करोडौं मानिसहरुको प्रिय भएको छ । संसारमा सायदै कोही होलान्, जसले कोकाकोलाको ‘टेस्ट दि फिलिङ’ नसुनेको होलान् । यो पेय पदार्थ आफैंमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची भइसकेको छ । कोकाकोलाको स्वाद आफैंमा युनिक छ, र यसले आफ्ना विश्वभरिका उपभोक्ताहरुलाई उनीहरुले खोजे जस्तै र मन पराएजस्तै स्वाद दिँदै आएको छ ।
    कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्लेलगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दशकअघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सञ्चालन गरेको थियो ।
    नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेय पदार्थका किफायती विकल्पहरु उपलब्ध गराउँदै उनीहरुलाई आफ्नो आवश्यकता अनुसारको प्याकहरू छनोट गर्न सजिलो बनाएको छ । यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ मा आफ्नो सबैभन्दा सानो र पोर्टेबल कान्छु प्याक लन्च गरेको थियो, जुन १७५ मिलिको आरजिबि बोतलमा रु.२५ मा उपलब्ध रहेको थियो । नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्ध अझै आत्मीय बनाउनको लागि यस प्याकको लोगो पनि नेपालीमै छापिएको थियो । त्यस्तै विश्वव्यापी रुपमा सञ्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रुपमा मोःमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सञ्चालन गर्दै आएको छ ।
    कोका–कोलाले आफ्नो व्यापारलाई सदैव दिगो तरिकाले सञ्चालन गर्न प्रयास गर्छ र यसले सन् २०२१ मा फोहोर व्यवस्थापन, वाटर स्टेवार्डशिप र महिला सशक्तीकरणलाई ध्यानमा राखेर सञ्चालन गरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।
    आफ्नो “वल्र्ड विदाउट वेष्ट” को विश्वव्यापी उद्देश्यलाई साकार पार्न आफ्ना हरेक उत्पादन प्रक्रियामा प्लास्टिकको प्रयोग कम गर्दै आएको छ । साथै रिड्युस्, रिप्लेनिस र रि–युजसहितको आफ्नो पानी कम गर्ने रणनीतिको सफल कार्यान्वयनको परिणामस्वरुप वाटर न्युट्रल कम्पनीको रुपमा स्थापना भएको छ । त्यस्तै, आफ्नो सिस्टममा आवद्ध महिलाहरुलाई सशक्त बनाउने उद्देश्यसहित यसले सक्षम थिमको रिटेल तालिम सञ्चालन गरेको थियो, जसअन्तर्गत २०२२ को अन्त्यसम्म खुद्रा पसल र साना खाजा घरहरु सञ्चालन गर्दै आएका १००० जना महिलाहरुलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएको छ ।

    प्रतिकृया दिनुहोस्