काठमाडौं । कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजीको अधिकतम १० प्रतिशतसम्म थप कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका–२०७७ जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजी कर्जा नलिएका कोरोना प्रभावित ऋणीको हकमा आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कजा प्रवाह गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायलाई सुचारु गर्न सहजीकरण गर्ने प्रयोजनको लागि ऋणीको आवश्यकता र उद्योग/व्यवसायको सम्भाव्यताको विश्लेषण गरी २०७६ चैत मसान्तमा कायम कर्जाको सीमामा एक पटकको लागि चालु पुँजी कर्जा उपयोग गरेका ऋणीको हकमा चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । साथै, कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको आवश्यकता, धितोको पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन तथा ऋणीको व्यवसायीक प्रयोजनकोे विश्लेषण गरी तोकिएको प्रतिशतभन्दा बढी थप कर्जा प्रवाह गर्न सकिने अवस्था भएमा सो कर्जा प्रदान गर्न समेत यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकको भनाइ छ ।
कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १० प्रतिशतसम्म थप कर्जा पाउने
आर्थिकसंसार संवाददाता२३ भदौ, २०७७
२३ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने