News Portal

  • एभरेष्ट इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ वैशाख, २०७९
    ८६३ पटक
    २२ वैशाख, २०७९

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।उक्त सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
    सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशतका दरले बोनश शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ० दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
    सभाले संचालक समितिको तर्फाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/ ७८ को लेखा परीक्षक गर्न बाह्य लेखापरीक्षको नियुक्ती तथा पारीश्रमिक निर्धारण गर्ने, वर्तमान लेखापरीषक श्री एम जि एस एण्ड एसोशिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुन नियुक्ती हुन योग्य रहेको प्रस्ताव पारित गरेको छ ।
    साथै, सभाले संस्थापक शेयरधनी समुह क बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनी समुह ख बाट २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।
    सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पुर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको छ ।
    त्यसैगरी कम्पनीको प्रबन्धपत्र र नियमावलीमा गरिने संशोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथागरेको छ । साथै कम्पनी ऐन २०६३ को दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७७ र७८ को चन्दा तथा सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्