News Portal

  • सनराइज दोब्बर मुद्दती योजना सुरुवात

    आर्थीकसंसार संवाददाता२२ वैशाख, २०७९
    ४७८ पटक
    २२ वैशाख, २०७९

    काठमाडौं । सनराइज बैंकले सनराइज दोब्बर मुद्दती योजना ल्याएको छ । आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम एक लाख रुपैयाँ मुद्दती खाता खोल्न सक्नेछन् ।
    यो योजना अन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सकिने छ । मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिनेछ ।
    यस्तै विशेष सुविधाहरूमा ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिएको साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्क समेत मिनाहा गरिएको छ ।
    यसै गरी ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरूको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिदै हरेक बचत खाता स्वास्थ्य बीमा प्रदान गर्दै आएको छ ।
    साथै नारीहरूलाई बचत गर्न उत्प्रेरणा र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च एक लाखसम्मको प्रसूति खर्च समेत प्रदान गर्दै आएको छ ।
    बैंकको हाल १३९ शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्