News Portal

  • मुक्तिनाथ बैंकका ग्राहकलाई काठमाडौंका अस्पतालहरुमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७७
    ८६९ पटक
    २३ भदौ, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई काठमाडौंमा रहेका स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
    सम्झौता पश्चात् बैंकका ग्राहकहरुले बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजन कन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थ केयर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरी रहेका छन् ।
    साथै बैंकका ग्राहकहरुलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैय्यामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
    त्यसैगरी, लाजिम्पाट, चाबहिल र बौद्धमा रहेको भिजन कन्सर्नका विभिन्न सेवा जस्तै, लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
    काठमाडौें अनामनगरमा रहेको डाक्टर अन कलको विभिन्न सेवा लिँदा २० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । त्यसैगरी, काठमाडौं लाजिम्पाटमा रहेको सुरिया हेल्थ केयरमा पनि विभिन्न डायग्नोस्टिक सम्बन्धी सेवामा १० प्रतिशत छुट र अहिले विषम परिस्थितिलाई लक्षित गरी पिसिआर परीक्षणमा ४ सय रुपैयाँको विशेष छुटको व्यवस्था गरेको छ ।
    त्यसैगरी, कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि पिसिआर परीक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्