News Portal

  • सहकारीका समस्याग्रस्त विषयमा मन्त्री श्रेष्ठलाई प्रतिवेदन

    आर्थीकसंसार संवाददाता२२ वैशाख, २०७९
    ९८० पटक
    २२ वैशाख, २०७९

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ ।
    समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरूमध्ये ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो ।
    प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभुत मुल्य, मान्यता र सिद्धान्तको पालना गराउने र निश्चित सिद्धान्त र मापदण्डका आधारमा मागदावी कर्ताहरुलाई रकम उपलब्ध गराउने व्यवस्था गर्ने गरी काम गर्न आग्रह गरिन् ।
    मन्त्री श्रेष्ठ सहकारीहरूमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर लागिपर्नु पर्नेमा जोड दिँदै आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताइन् ।
    सहकारी संस्थाहरुले सहकारीको मूल्य, मान्यता र सिद्धान्तले स्व:उत्तरदायी, इमान्दारी, पारस्परिक सहयोगजस्ता अवधारणलाई आत्मसाथ गरी सहकारीमा सुशासन प्रवर्द्धन गर्ने कानुनी जिम्मेवारीविपरीत हुने गरी कार्य गरेको कारण सहकारी संस्थाहरू समस्या ग्रस्त बनेको निष्कर्ष समितिले निकालेको छ ।
    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सिद्धान्त र मापदण्ड बनाएर समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने गरी समितिले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

     

    प्रतिकृया दिनुहोस्