News Portal

  • कामना सेवा विकास बैंकको शाखा रहित बैंकिङ्ग सेवा सप्तरीको डाक्नेश्वरीमा

    आर्थीकसंसार संवाददाता२१ वैशाख, २०७९
    ७५३ पटक
    २१ वैशाख, २०७९

    काठमाडौं‍ । कामना सेवा विकास बैंकले थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
    बैंकले सेवा विस्तार गर्ने क्रममा बैशाख १९ गते सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
    बैंकले डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोकस्थित ओम शान्ती ट्रेडर्स सेन्टर (मुकेश कुमार साह) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
    नेपाली कांग्रेस, मधेश प्रदेशका पूर्व क्षेत्रिय सभापति भगवती यादव तथा डाक्नेश्वरी न.पा. वडा नं. ०७ का प्रहरी निरीक्षक राजु श्रेष्ठले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

     

    बैंकको अनुसार शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्