काठमाडौं । संस्कृति इन्टरनेशनल स्कूलले अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आईसीए)सँगको साझेदारीमा शैक्षिक गोष्ठी आयोजना गर्ने भएको छ । गोष्ठी ठमेलको अलफ्ट काठमाडौं होटलमा वैशाख १४ गते शनिबार र १५ गते आइतबार हुन गइरहेको छ ।
यो गोष्ठी फिल्डवर्क एजुकेशन युकेद्वारा अक्टोबर २०२२ मा गरिने अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको एक हिस्सा हो । यस कार्यक्रमले किन्डरगार्टन, प्राथमिक र निम्न माध्यमिक तहको पाठ्यक्रमलाई समेट्छ । अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले शिक्षा क्षेत्रको गुणस्तरमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्नेबारे बुझ्न चाहने शिक्षक, प्रशासक, लगानीकर्ता र सम्बन्धित सबैको लागि यो गोष्ठी फलदायी हुनेछ ।
संस्कृति इन्टरनेशनल स्कूलकी निर्देशिका दिप्ती आचार्यले भन्नुभयो, ‘हालका वर्षहरूमा बेलायतको फिल्डवर्क एजुकेशनले प्रदान गरेको पाठ्यक्रम नेपालका विभिन्न विद्यालयहरूले अपनाएका छन् किनकि यसका पाठ्यक्रमहरु विषयगत र रचनात्मक हुने गर्दछन् । जसले गर्दा हामीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै पाठ्यक्रम मिलाएर विद्यालयको विषयवस्तु फराकिलो बनाउन र चौतर्फी शैक्षिक अनुभव प्रदान गर्न मद्दत गर्छ ।”
संस्कृति इन्टरनेशनल स्कूलका अध्यक्ष रञ्जित आचार्यले भन्नुभयो, “यस कार्यशालामा अन्तर्राष्ट्रिय पाठ्यक्रममा काम गरिरहेका शिक्षकहरूको अनुभव बाँड्दै विभिन्न कक्षागत अभ्यासहरू गरिनेछ । दुई दिनको अवधिमा सहभागी शिक्षकहरूले विभिन्न विद्यालयका शिक्षकहरूको साथसाथै अन्तर्राष्ट्रिय पाठ्यक्रम संघका सहकर्मीहरूसँग भेट्ने र शैक्षिक सुधार गर्ने विषयमा केन्द्रित छलफल र सहकार्यमा संलग्न हुने अवसर पाउनेछन् । मलाई आशा छ कि सबै सहभागीहरूले गोष्ठीको पूर्ण लाभ उठाउनुहुनेछ ।”
अन्तर्राष्ट्रिय पाठ्यक्रमको कार्यान्वयनको प्रभावकारिताको बारेमा इच्छुक सम्पूर्ण विद्यालयहरू यस गोष्ठीमा सहभागी हुन सक्नेछन् ।
संस्कृति इन्टरनेशनल स्कूलको “सिकाइ सुधार” सम्बन्धी गोष्ठी आयोजना गर्ने
आर्थीकसंसार संवाददाता२१ वैशाख, २०७९
२१ वैशाख, २०७९- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता