News Portal

  • लुम्बिनी विकास बैंकको एकै साथ थप नयाँ दुई शाखा कार्यालयहरुको उद्घाटन

    आर्थीकसंसार संवाददाता२१ वैशाख, २०७९
    ७६० पटक
    २१ वैशाख, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७९ बैशाख २१ गते देखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८०औं शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–१३ स्थित कलंकी शाखा र ८१औं शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका–२, स्थित बट्टार शाखा रहेका छन् ।
    यस बिकास बैंकको कलंकी शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गर्नुभयो भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्योग वाणिज्य सघंका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रुपमा गर्नु भयो ।
    आज खोलिएको दुई शाखासहित यस विकास बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा, बर्दियाको ताराताल, कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणीसमेत गरी थप ५ शाखा खोल्नको लागि तयारी गरेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्