News Portal

  • सिभिल लघुवित्तको २१ हजार कित्ता संस्थापक शेयर लिलामीमा

    आर्थीकसंसार संवाददाता२० वैशाख, २०७९
    २०२ पटक
    २० वैशाख, २०७९

    काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको २१ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता शेयर विक्री गरेको जनाएको छ ।
    शेयरको मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ तोकिएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मिति भित्र तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
    रितपूर्वक भरिएको गोप्य शिलबन्दी बोलपत्र कम्पनीको केन्द्रिय कार्यालय चावहिल, काठमाडौंमा पेश गर्नु पर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन पर्न नआएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित शेयर विक्री गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्