News Portal

  • बैंकका सबै राजश्व संकलन शाखा खुला गर्न निर्देशन

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७७
    १०२५ पटक
    २३ भदौ, २०७७

    काठमाडौंं । नेपाल राष्ट्र बैंकको बैंकले भाेली (मंगलबार)देखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएका छन् । आजबाट सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुल्ने भएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएसँगै आजदेखि बैंकका सम्पूर्ण शाखाहरु खुल्ने भएका हुन् ।
    राष्ट्र बैंकले राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।
    सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेसँगै राष्ट्र बैंकले पनि बैंकका शाखाहरु खुला गर्न निर्देशन दिएको हो । राजश्व उठाउने म्याद २५ गतेसम्म छ । हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले सीमित शाखाहरु खोलेर सेवा दिइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्