
काठमाडौं । कुमारी बैंक लिमिटेडले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्याएको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन, जसका कारणले ७० वर्षभन्दा माथिका वृद्धवृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पुर्याउने कार्य सम्पन्न गरेको जनाएको छ ।
बैंकका अनुसार वैशाख १५ गते बैंकका व्यापार समन्वय विभागका प्रमुख, रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पुर्याउने कार्य गरेको थियो ।
गोरखाको चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा रोहित सिंहले भने, आफ्ना ग्राहकहरूका लागि हामीले चौर्तर्फी रूपमा सेवा सुविधा पुगोस् भनी सो आयोजना गरेका छौं । आगामी दिनमा यसरी सहयोग पुर्याउने कार्यक्रमलाई हामीले निरन्तरतासमेत दिने जनाए ।
बैंकले १९७ शाखा, १७७ एटिएम, ४२ शाखारहित बैंकिंग तथा १६ एक्टेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिँदै आएको छ ।