News Portal

  • मंगलम पाइप्सद्वारा आफ्ना कर्मचारीहरुलाई सम्मान–पत्र तथा मायाको चिनो प्रदान

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७९
    ११२३ पटक
    १९ वैशाख, २०७९

    काठमाडौं । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिङ्गस् उत्पादक तथा नेपालको पोलीमर पाइपिङ्ग प्रणालीको अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम इण्डस्ट्रिज प्रालिले आ.व.२०७७/७८ को अन्त्यसँगै भैरहवास्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको थियो । यसै अवसरमा मंगलम पाइप्सले उद्योग स्थापनाको सुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसा–पत्र पनि वितरण गरेको थियो । उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए ।
    मंगलम उद्योगका प्रबन्धक निर्देशक अभिनव चुरिवालले भन्नुभयो, “हाम्रो सुरुवाती दिनहरुदेखि नै हामीसँग जोडिएर, सुख–दुःखमा पनि सँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौं, यो सबै यहाँहरुकै टेवा हो । एक जनाको मात्र प्रयास र मेहनतले यो कदापी सम्भव थिएन । आज यहाँहरुसँग बसेर अन्तरक्रिया गर्दा निकै खुशी मिलेको छ । मंगलम ग्रुपलाई यो उचाईसम्म पु¥याउनुभएकोमा आभार प्रकट गर्दछु र आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको छ ।”
    आफ्ना कर्मचारीहरुलाई उनीहरुको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरुलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले जनाए ।

    प्रतिकृया दिनुहोस्