News Portal

  • कुमारी बैंकले हेलिकप्टर चार्टर गरेर दियो वृद्धभत्ता

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०७९
    १०६३ पटक
    १९ वैशाख, २०७९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता वितरण गरेको छ । बैंकले सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु¥याउने कार्य सम्पन्न गरेको हो ।
    नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रका ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई देखि तीन दिनको बाटो हिँड्नुपर्ने बाध्यता रहेको छ । सो बाध्यतालाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता वितरण गरेको हो ।
    बैंकले बैशाख १५ गते बैंकका व्यापार समन्वय विभागका प्रमुख रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पु¥याउने कार्य गरेको थियो ।
    ‘आफ्ना ग्राहकहरूका लागि हामीले चौर्तर्फी रूपमा सेवा–सुविधा पुगोस् भनी सो आयोजना गरेका छौँ, आगामी दिनमा यसरी सहयोग पु¥याउने कार्यक्रमलाई हामीले निरन्तर दिन्छौँ,’ उनले भने ।
    बैंकले देशभर १९७ शाखासंजाल, १७७ एटिएम, ४२ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्