News Portal

  • एलआइसी नेपालको २०% बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

    आर्थीकसंसार संवाददाता १६ बैशाख, २०७९
    ७०७ पटक
    १६ बैशाख, २०७९

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन ११ गते सम्पन्न गरेको १९औं साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको छ । कम्पनीले उक्त बोनश बैशाख १५ गतेदेखि जम्मा गरिेको बताएको छ ।
    शेयरधनीहरुले कर बापतको रकम तिर्नुपर्ने छैन । बैशाख १४ गते धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएको उक्त बोनश शेयर कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले नेप्सेमा २० प्रतिशत बोनश बापतको ४४ लाख २२ हजार कित्ता शेयर सूचिकृत गराएको हो ।

    प्रतिकृया दिनुहोस्