News Portal

  • प्राइम कमर्सियल बैंकले संस्थापक शेयर विक्री गर्दै

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०७९
    ४९१ पटक
    १६ वैशाख, २०७९

    काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।
    कम्पनीको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याउने निर्णय गरेको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
    उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।
    उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र अन्य प्रचलित कानून बमोजिम बमोजिम अन्य व्याक्तिलाई विक्री गर्ने बैकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्