News Portal

  • मञ्जुश्री फाइनान्सको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता१५ वैशाख, २०७९
    ६९९ पटक
    १५ वैशाख, २०७९

    काठमाडौं । मञ्जुश्री फाइनान्सको संस्थापक शेयर आजदेखि विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
    कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न ३५ दिने सूचना जारी गरेको हो । उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने उल्लेख गरिएको छैन ।
    यस शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक प्रमाण कागजातहरु संलग्न कम्पनीको केन्द्रीय कार्यालय बानेश्वर, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।
    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा नियम अनुसार अन्य व्यक्ति तथा संस्थाहरुलाई विक्री गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्