News Portal

  • महालक्ष्मी विकास बैंक राजापुर शाखा स्थान्तान्तरण

    आर्थीकसंसार संवाददाता१४ वैशाख, २०७९
    ८०१ पटक
    १४ वैशाख, २०७९

    काठमाडौं । महालक्ष्मी विकास बैंकको राजापुर शाखा राजापुर नगरपालिका-४ मेन चोकमा स्थानान्तरण भएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका सञ्चालक दीपक रौनियारले गरे ।
    शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको बैंकले जनाएको छ । बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरूबारे प्रकाश पारे ।
    शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल विष्टले जनाए ।

     

    प्रतिकृया दिनुहोस्