News Portal

  • नेपाल बंगलादेश बैंकको ग्राहकलाई नेपालीरिका होटलमा छुट

    आर्थीकसंसार संवाददाता१४ वैशाख, २०७९
    १०२३ पटक
    १४ वैशाख, २०७९

    काठमाडौं । नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबीच नेपाल बंगलादेश बैंकको औपचारिक विद्युतिय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई विशेष छुट प्रदान गरिने समझदारी भएको छ ।
    यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेविट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रणाली लगायतका बैंकका विद्युतीय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरुमा आकर्षक छुट प्रदान गरिने छ ।
    समझदारी अनुरुप त्यसरी हुने कारोबारहरूमा फुड एण्ड वेभरेज सेवामा १० प्रतिशत र रुम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने छ । साथै होटलले विषेश छुट प्रदान गरी ९९,९९९ रुपैयाँमा मा वार्षिक सदस्यता प्रदान गर्नेछ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरि ५ वटा डिलक्स रुम, निशुल्क स्विमिङ्ग पुल, नि:शुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पुर्ण रेस्टुरेन्टहरूमा १० प्रतिशतको छुट प्राप्त गर्न सकिनेछ ।

     

    प्रतिकृया दिनुहोस्