News Portal

  • हेटौंडामा प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा स्थापना

    आर्थीकसंसार संवाददाता२२ भदौ, २०७७
    ९२९ पटक
    २२ भदौ, २०७७

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–२ मा आठौं शाखा कार्यालयका सोमबारदेखि कारोबार सञ्चालन गरेको छ ।
    फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु हेटौंडा शाखाबाट समेत प्रवाह गरिनेछ । देशका प्रमुख शहरहरुमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप यो शाखा कार्यालय स्थापना गरिएको हो ।
    वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँले कोभिड–१९ को महामारीकाबीच स्थापना गरिएको यस नयाँ शाखाले हेटौंडा उपमहानगरपालिका सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
    एटीएम, मोबाइल बैंकिङ, इ–बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वालगायतका डीजीटल बैकिङ सम्बन्धी सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा संचालन गर्ने योजना अघि बढाएको छ ।
    कुल ८० करोड १ लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाले हाल ७ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्शन कार्यालयहरुमार्फत आफ्ना सेवा तथा सुविधाहरु प्रवाह गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्