News Portal

  • रिलायन्स लाईफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत

    आर्थिकसंसार संवाददाता२२ भदौ, २०७७
    ७०३ पटक
    २२ भदौ, २०७७

    काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ नेप्सेमा सूचिकृत भएको छ । नेप्सेले सो कम्पनीको दुई करोड १० लाख कित्ता प्राथमिक शेयर सूचिकृत भएको जनाएको छ । सो मध्ये ६३ लाख कित्ता सर्वसाधारण समूहको हो भने एक करोड ३७ लाख कित्ता शेयर संस्थापक समूहको हो ।


    रिलायन्स लाईफको शेयर कारोबार सम्भवतः भोलिबाट हुनेछ । ओपनिङ रेन्ज न्यूनतम १०७.५९ देखि अधिकतम ३२२.७७ रुपैयाँ तोकिएको छ ।
    नेप्सेमा सूचिकृत गर्ने सम्बन्धमा रिलायन्स लाईफ र नेपाल स्टक एक्सचेन्जबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ । आज नेप्सेमा आयोजित कार्यक्रममा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेको रिलायन्स लाईफले बिज्ञप्तिमार्फत जनाएको छ ।

    प्रतिकृया दिनुहोस्