News Portal

  • काठमाडौंको मेयरमा सिर्जना सिंह गठबन्धनको उम्मेदवार

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०७९
    ४७० पटक
    १२ वैशाख, २०७९

    काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति भएसँगै अब उनी काठमाडौंको मेयरका लागि उम्मेदवारी दिने भएकी छन् ।
    सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि पार्टीभित्र शीर्ष नेताहरूसँग छलफल गरिरहेका थिए ।
    कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् ।

     

    प्रतिकृया दिनुहोस्