News Portal

  • नेकपा एमालेबाट उठेका महानगरका उम्मेदवारहरू यी हुन्

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०७९
    ६७५ पटक
    १२ वैशाख, २०७९

    काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत महानरपालिका र उपमहानगरपालिकामा नेकपा एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्दैछ ।
    स्थानीय तहको गाउँपालिका र नगरपालिकामा गठबन्धन हुन नसके पनि महानगर र उपमहानगरमा सत्तामा रहेका राजनीतिक दलले गठबन्धन गरेका छन् । गठबन्धविरुद्ध सबैभन्दा धेरै मतदाता भएको काठमाडौंमा एमालेले मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाएको छ ।
    नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा विराटनगरका अध्यक्ष रहेका सागर थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
    पोखरा महानगरपालिकाको मेयरमा एमालेका कृष्णबहादुर थापालाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । त्यस्तै उपमेयरमा मञ्जुदेवी गुरुङ पक्का भएकी छन् । एमाले सचिवालय बैठकले शनिबार मेयरमा दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट पछि हट्दै सोमबार थापालाई अघि सारेको हो ।
    यता चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराइसकेका छन् । भरतपुरको उपमेयरमा राप्रपालाई समर्थन गर्ने भएकोले यहाँ एमालेले उपमेयरमा उम्मेदवारी दिएको छैन ।
    साथै, ललितपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा एमालेवाटै मञ्जली शाक्य (आस्था) ले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।
    त्यस्तै वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । मधेश प्रदेशको वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेले लोसपासँग तालमेल गरेर चुनावी गठबन्धन बनाएको हो ।

     

    प्रतिकृया दिनुहोस्