News Portal

  • लेखक संसारद्वारा तीनजना सम्मानित

    आर्थीकसंसार संवाददाता११ वैशाख, २०७९
    ८१५ पटक
    ११ वैशाख, २०७९

    काठमाडौं । राईटर्स इन्टरनेशनल अमेरिकासँग आबद्ध लेखक संसार नेपालले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रथम वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
    कार्यक्रममा तीन साहित्यिक संस्थाहरू गुञ्जन नारी साहित्य, शारदा साहित्यिक मासिक, वासु शशी स्मृति परिषदका क्रमश: जलेश्वरी श्रेष्ठ, विमल भौकाजी प्रद्युम्न जोशीलाई ५१ हजार नगद र ताम्रपत्रले सम्मान गरेको हो ।
    आफ्ना लागि पढौं, अरूका लागि लेखौं भन्ने मूल नारका साथ अमेरिकाबाट अघि बढेको राइटर्स इन्टरनेशनल भारत, भुटान, बंगलादेशसँगै नेपालमा समेत राष्ट्रिय परिषद्का रुपमा रहेको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरुङको उपस्थिति रहेको थियो ।
    समारोहको अवसरमा विमला अधिकारी देवकोटाको मनकली उपन्यासको विमोचन भएको थियो भने प्रा.डा. गोविन्दमानसिंह र उपप्राध्यापक मनमाया पोखरेलद्वारा पुस्तकको समीक्षा गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्