News Portal

  • गुराँस लाइफले व्यतित बीमालेख पूर्नजागरण गर्दा व्याज छुट दिने

    आर्थीकसंसार संवाददाता११ वैशाख, २०७९
    ६८५ पटक
    ११ वैशाख, २०७९

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले समयमै बीमाशुल्क भुक्तानी नगरी व्यतित बीमालेखलाई पूर्नजागरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले यो सुविधा आज बैशाख ११ गतेदेखि जेठ १० गतेसम्म दिनेछ ।
    अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्ष भित्र व्यतित भएका बीमालेखमा ३० प्रतिशत व्याज मिनाहा गर्नेछ । यस व्यवस्था अनुसार हुने व्याज छुटको लाभ लिई जीवन बीमालेखलाई निरन्तरता दिई जोखिम बहनका साथै कम्पनीबाट प्रदान गरिने मुनाफामा समेत सहभागी भई ढुक्क हुन कम्पनीले अनुरोध गरेको छ ।
    सन् २०२२ मा परिपक्व हुने बीमालेखहरुमा यो छुट सुविधा लागु हुनेछैन । यो सुविधा अन्तर्गत एक पटक व्याज छुट लिई सकेका बिमितहरुलाई बीमा अवधि भरी पुन छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्