काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांशदर घटाएको छ । बीमा समितिको निर्देशनअनुसार कम्पनीले आफूले यसअघि प्रस्ताव गरेको लाभांशदरमा परिमार्जन गरेको हो ।
परिमार्जन गरेसँगै कम्पनीले सेयरधनीलाई आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, उक्त बोनसमा लाग्ने कर वापत ५१ लाख ८३ हजार ५ सय ५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र) नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय भदौ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बीमा समितिले आर्थिक वर्ष २०७४÷७५ को वित्तीय विवरणमा परिमार्जन गरी वित्तीय विवरण पुनः पेश गर्न निर्देशन दिएअनुसार बैठकले उक्त लाभांशमा परिमार्जन गरेको हो ।
यससँगै सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट चुुक्ता पुँजीको १३.१०१५ प्रतिशतले हुन आउन १२ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको लाभांश बोनस सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ ।
गुराँस लाइफ इन्स्योरेन्सकोे लाभांशदर परिमार्जन
आर्थीकसंसार संवाददाता२१ भदौ, २०७७
२१ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने