News Portal

  • नेपाली युवा उद्यमी मञ्चले आठौं महिला–युवा उद्यमी सम्मेलन–२०२२ आयोजना गर्ने

    आर्थीकसंसार संवाददाता११ वैशाख, २०७९
    १०५० पटक
    ११ वैशाख, २०७९

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) उद्यमशीलताको प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको एक संस्था हो । यस संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) आफ्नो एक गौरवशाली कार्यव्रmमको रुपमा आयोजना गर्दै आएको छ । सोही अन्तर्गत यही मिति २०७९ वैशाख १० गतेका दिन हायात प्लेश काठमाडौंमा यसै कार्यव्रmमको आयोजना गरियोे । उक्त कार्यक्रमको समुद्घाटन माननीय उर्जा मन्त्री पम्फा भुसालबाट पानसमा बत्ती बालेर भएको थियो । सोही अवसरमा मन्त्रिका तर्फबाट सम्पूर्ण युवा उद्यमीहरुलाइ बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।


    सम्मेलनमा कृषि, निर्माण कार्य, घरेलु तथा साना ब्यवसायीे शारीरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न युवा महिला तथा पुरुष उद्यमीहरुको, साथै उद्यमी बन्न चाहने बिद्यार्थीहरुको पनि सहभागिता रहेको थियोे । यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यव्रmमको नारा “द्यभथयलम द्यबचचष्भचकˮ राखिएको थियोे । अन्तर्राष्ट्रिय मजदुर संगठन (आईएलओ), राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा उक्त कार्यव्रmमको प्रायोजन गरी कार्यक्रम सफल बनाइएको थियो । सो कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


    कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्धमी महासंघ का अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विधुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा सारगर्भित मन्तव्य व्यक्त गर्नु भएको थियो । महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्धमहरुमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेत को सहभागी रहेको थियो ।

    प्रतिकृया दिनुहोस्