News Portal

  • महालक्ष्मी बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०७७
    ८०६ पटक
    २१ भदौ, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले कोरोना जाँच्ने पीसीआर परीक्षण गर्दा सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा १५ प्रतिशत छुट पाउने भएका छन् । सम्झौतापत्रमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट सिईओ उमेशप्रसाद गुप्ताले हस्ताक्षर गरेका थिए ।
    उक्त सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारीलगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।
    साथै, उक्त सम्झौता पश्चात् बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोगकर्ता, कर्मचारी र कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिशत, र पिसिआर टेष्टमा अधिकतम १५ प्रतिशत बिशेष छुट पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्