News Portal

  • सिद्धार्थ बैंकद्वारा ‘दायित्व’लाई पाँच लाख सहयोग

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०७७
    ९१९ पटक
    २१ भदौ, २०७७

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘दायित्व’लाई ‘दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप’ अभियानका लागि पाँच लाख सहयोग प्रदान गरेको छ ।
    युवाहरुलाई सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्याएको यस सहयोगबाट केही हदसम्म भए पनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
    बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्