News Portal

  • सेञ्चुरी बैंकका एकै दिन नयाँ तीन शाखाबाट सेवा प्रारम्भ

    आर्थीकसंसार संवाददाता८ वैशाख, २०७८
    ६४८ पटक
    ८ वैशाख, २०७८

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
    बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरूकाबीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।
    बैंकले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको-४ को महेन्द्रनगर बजार, कैलाली जिल्लाको लम्की नगरपालिका -१ लम्की बजारमा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका-७ को गुलरिया बजारमा सेवा प्रारम्भ गरेको हो ।
    बैंकको हालसम्म कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्