News Portal

  • माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेस हस्पिटालिटीबीच सम्झौता

    आर्थिकसंसार संवाददाता
    ६३६ पटक

    काठमाडौं । माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता गरेका छन् । सोसम्बन्धी बैंकले उक्त ग्रुपसँग सम्झौता गरेको छ ।
    सम्झौतापत्रमा बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा तथा हस्पिटालिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।
    माछापुच्छ्रे बैंकका ग्राहकहरूले हस्पिटालिटी अन्तर्गतका देशका विभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिसोर्ट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा छुट पाउनेछन् ।
    बैंककोे डेबिट÷क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनै पनि प्रकारका कार्डवाहकहरूले उक्त छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्