News Portal

  • नेपाल बंगलादेश बैंकको नाफा ३२.१८ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक

    आर्थीकसंसार संवाददाता७ वैशाख, २०७९
    ६८१ पटक
    ७ वैशाख, २०७९

    काठमाडाैं । नेपाल बंगलादेश बैकको नाफा ३२.१८ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा घटेको हो ।
    चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
    बैंकको खुद ब्याज आम्दानी पनि २.२४ प्रतिशत लेघटेको छ भने सञ्चालन मुनाफा ३९.०८ पनि प्रतिशतले घटेको छ ।
    समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस १०.२८ पैसा घटेर १४.६९ पैसामा कायम भएको छ । तेस्रो त्रैमाससम्म बैंक्को प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.१६ गुणा रहेको छ।
    बैंकले ८२ अर्ब २ करोड १५ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन र ७६ अर्ब २० करोड ९२ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा कर्जा बढेको छ भने निक्षेप घटेको देखिएको छ ।

     

    प्रतिकृया दिनुहोस्