News Portal

  • सर्वोच्चको आदेश पछि गभर्नर अधिकारी फर्किए नियमित काममा

    आर्थीकसंसार संवाददाता७ वैशाख, २०७९
    ८२३ पटक
    ७ वैशाख, २०७९

    काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेश पछि गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित कामकाजमा फर्किएका छन् । अदालतले मंगलबार अल्पकालिन अन्तरिम आदेश दिएपछि आज पदबहाली गर्दै गभर्नर अधिकारीले अदालतबाट नियामक निकायको स्वायत्तता जोगाएको बताए ।
    न्यायाधीश हरिप्रसाद फ्युलालको एकल इजलासले सरकारले गरेको निलम्बन कानून अनुसार नभएको भन्दै गभर्नर अधिकारीलाई काममा फर्कने दिने फैसला सुनाएको थियो । पदबहालीको क्रममा अधिकारीले सरकारको आक्रमण म माथि नभई स्वायत्त संस्थामाथि भएको भन्दै आफु अदालत गएको जिकिर गरेका छन् ।
    सरकारले आफुलाई हटाएर सर्वोच्चले रोके पनि आफुले व्यवसायिक रुपमा दिने सुझावमा बायस नभई दिने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार भएको हुँदा राष्ट्र बैंकले व्यवसायिक रुपमै सुझाव दिने उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस्