News Portal

  • नेपाल इन्फ्राष्ट्रक्चरको मुनाफा १८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी व्याजदर भन्दा पनि कम

    आर्थीकसंसार संवाददाता७ वैशाख, २०७९
    ५८० पटक
    ७ वैशाख, २०७९

    काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको मुनाफा १८ प्रतिशतले सुधार भएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाशिक अवधिमा ६९ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ५८ करोड ९२ लाख रुपैयाँ थियो । नियामकीय समायोजन पछिको मुनाफा भने ५४ करोड ७१ लाख रुपैयाँ मात्रै छ ।
    मुनाफा बढे पनि प्रतिशेयर आम्दानी भने एक रुपैयाँले घटेर ४ रुपैयाँमा झरेको छ । अहिले बैंकहरुले १० प्रतिशत भन्दा माथि व्याजदर दिइरहेका छन् । बैंकको मुनाफा तथा आम्दानी हेर्यो भने बैंकले दिने व्याजदर भन्दा पनि कम देखिन्छ । बैंकले बोनस शेयर दिएर चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ पुग्याएको छ । जगेडा कोषमा भने एक अर्ब ४० करोड रुपैयाँ छ ।
    बैंकको खुद व्याज आम्दानीमा भने उल्लेख सुधार देखिन्छ । बैंकले चैत मसान्त सम्ममा ३८ प्रतिशतले बढाएर एक अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले अन्य बैंक वित्तीय संस्थामा ९ अर्ब ७४ करोड रुपैयाँ जम्मा गरेको छ । त्यस्तै कर्जा लगानी भने ११ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्