News Portal

  • मुद्दती खातामा सानिमाको डबल धमाका

    आर्थीकसंसार संवाददाता६ वैशाख, २०७९
    ९०३ पटक
    ६ वैशाख, २०७९

    काठमाडौं । सनिमा बैंकले नयाँ वर्षको अवसरमा सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।
    सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको बैंकले जनाएको छ । उक्त मुद्दतीमा न्यूनतम पाँच लाखको मुद्दती खोल्न सक्नेछन् । ग्राहकहरूले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वतापश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरू स्वयंले ब्यहोर्नु पर्नेछ ।
    व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले २ लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजना अन्तर्गत एकभन्दा बढी मुद्दती खाताहरू समेत खोल्न सक्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्