News Portal

  • राष्ट्रपति भण्डारीद्वारा बीमा क्षेत्रका ६ जना बिभुषित

    आर्थीकसंसार संवाददाता२ वैशाख, २०७९
    ८३२ पटक
    २ वैशाख, २०७९

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा बीमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेकी छिन् । भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई मान पदवी, अलङ्कार र पदकद्धारा विभुषित गरेकी हुन् ।
    यसै क्रममा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले बीमा क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै प्रवल जनसेवा श्री पदक प्राप्त गरेका हुन् ।
    दीप प्रकाश पाण्डे र सुनिल बल्लभ पन्त नेपाल पुनर्बीमा कम्पनीका संचालक समेत हुन् ।
    त्यसैगरी हिमालय रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखरले पनि सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् । हिमालयन रिकै सञ्चालक तथा व्यवसायी साहिल अग्रवाल तथा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख लगानीकर्ता मोतिलाल दुगडले सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् ।
    आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अम्बिका प्रसाद पौडेलले पनि सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् । नेपालको सबैभन्दा ठूलो मानपदवी नेपाल रत्न मरणोपरान्त पुर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले पाएका छन् ।

    प्रतिकृया दिनुहोस्