News Portal

  • मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता२ वैशाख, २०७९
    ७८० पटक
    २ वैशाख, २०७९

    काठमाडौं । मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् । बैंकको नायव प्रमुख कार्यकारी (डिसीईओ) श्रेष्ठले बैशाख २ गतेदेखि कामुको जिम्मेवारी सम्हाल्न लागेकी हुन् ।
    चैत ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि उनलाई कामु सीईओको रुपमा नियुक्त गरेको हो ।
    बैंकको सीईओ अनुपमा खुञ्जेलीले राजिनामा दिएसँगै उक्त पद रिक्त रहेको छ ।
    कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् ।
    ३१ बर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् ।

     

    प्रतिकृया दिनुहोस्