News Portal

  • पञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रबल जनसेवाश्रीद्वारा विभूषित

    आर्थीकसंसार संवाददाता१ वैशाख, २०७९
    ८५३ पटक
    १ वैशाख, २०७९

    काठमाडौं । नेपालको उद्योग तथा व्यवसायिक क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै आउनु भएका पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्रकुमार श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सुप्रबल जनसेवाश्री तृत्तिय श्रेणी पदकबाट विभूषित गर्नुभएको छ ।
    नेपाल सरकारको निर्णयअनुसार संविधान दिवसको अवसरमा नेपाली उद्योग तथा व्यवसायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पु्र्याए बापत कदर र सम्मानस्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृत्तीय श्रेणी पदकबाट विभूषित गरिएको हो ।
    राष्ट्रपति कार्यालयले बैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबल जन सेवाश्री राज्यले दिने उत्कृष्ट पदकमध्येको एक हो ।


    ५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यवसायिक घराना पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्याङ्कीलगायत निर्माण सामग्रीको उत्पादन तथा इन्सुरेन्स, हाइडोपावर, बैकिङ क्षेत्रमा समेत लगानी गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्