News Portal

  • गुँरास लाइफ इन्स्योरेन्सको मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता१ वैशाख, २०७९
    ७४५ पटक
    १ वैशाख, २०७९

    काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालिका–३ मा बसोबास गर्ने स्व.सुमन राना मगरको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान ईन्द्रबहादुर राना मगरलाई गुँरास सावधिक जीवन बीमा गराए बापत बीमा दावी रकमको चेक रु ५९३,३२०/– (अक्षरुपीः पाँच लाख त्रियानब्बे हजार तिन सय बीस मात्र ।) गुँरास लाइफ इन्स्योरेन्स क.लि नारायणगढ शाखा का शाखा प्रमुख श्री ओमकार सिग्देल , कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहित को टिमले मिती २०७९/०१/०१ गते बुधबार नारायणगढ शाखा मा एक कार्यक्रम बिच चेक हस्तान्तरण गर्नुभयो । स्व. सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो , उहाँले दुई बर्ष अगाडि सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाख को सावधिक जीवन बीमा गर्नुभएको थियो ।
    शाखा प्रमुख सिग्देलले जीवन बीमासम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको लागि महत्वपूर्ण भएकाले सबैलाई आवश्यक भएको पनि बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्