News Portal

  • कुमारी बैंकले ल्यायो ७ वर्षमा दुई गुणा रकम पाइने निक्षेप खाता, कर्जा ९० प्रतिशतसम्म

    आर्थीकसंसार संवाददाता१ वैशाख, २०७९
    ५५१ पटक
    १ वैशाख, २०७९

    काठमाडौं । कुमारी बैंकले ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा बैंकले यो धमाका ल्याएको हो ।
    उक्त निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुँदै जाने बैंकले जनाएको छ । न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको यो मुद्दती निक्षेपमा सजिलै ९० प्रतिशतसम्म कर्जा सुविधा समेत रहेको छ ।
    आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु सञ्चालनमा ल्याएको छ ।
    बैंकले १९७ शाखा-संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ । साथै, बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्