News Portal

  • एनआईसी एसिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२९ चैत्र, २०७८
    ७५५ पटक
    २९ चैत्र, २०७८

    काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्षमा डिजिटल भुक्तानी गर्दा छुट पाइने अफर ल्याएको छ । बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्री किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको हो ।
    यो योजनाअन्तर्गत दराजबाट यही चैत २८ सोमबारदेखि आउँदो वैशाख ७ गते बुधबारसम्म, सस्तोडिलबाट चैत २९ देखि वैशाख ३ सम्म र ग्यापुबाट चैत २५ देखि वैशाख २ गतेसम्म खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुने बैंकले जनाएको छ ।
    त्यसैगरी, सीजी/एलजी डिजिटलबाट चैत ३० का दिन २० हजारभन्दा बढीको सामग्री खरिद गरी बैंकका ग्राहकले पीओएस तथा ई–कमर्समार्फत भुक्तानी गर्दा २ हजार ७९ रुपैयाँ नगद फिर्ता पाउने योजनासमेत बैंकले ल्याएको जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्