News Portal

  • सरकार र केन्द्रीय बैंकबीच संसारभरि नै टसल हुन्छ : पूर्वगभर्नर नेपाल

    आर्थीकसंसार संवाददाता२९ चैत्र, २०७८
    ६०५ पटक
    २९ चैत्र, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले संसारका धेरै देशमा सरकार र गभर्नरबीच टसल हुने गरेको बताएका छन् ।
    आज रिपोर्टर्स क्लवमा भएको एक कार्यक्रममा उनले भने,‘गभर्नर पनि सरकारले नै बनाउने हो, नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने हो, देशमा वित्तीय स्थायित्व लिएर आउने हो, शोधान्तरको स्थितिलाइ राम्रो गर्ने अनि भुक्तानी प्रणालीलाई राम्रो गर्ने हो, सरकारलाई सल्लाहकारको रुपमा काम गर्ने हो ।’
    उनका अनुसार सरकारले बनाएको नियम, कानूनअनुसार बैंक अघि बढ्नुपर्छ । केन्द्रीय बैंक स्वायत्त संस्था भएकाले दिगो वित्तीय स्थायित्वको लागि स्वायत्तता आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई स्थायित्व गर्नको लागि दीर्घकालिन नीति तर्जुमा गर्नुपर्छ । ‘अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय हुनुपर्छ, सरकार र गभर्नरबीच संसारभरि नै टसल पर्छ, मेरो बेलामा पनि भएको थियो ।’ उनले भने । उनका अनुसार आज पनि ३०४ अर्ब रुपैयाँ सरकारको ढुकुटीमा छ । पुँजीगत खर्च भएन, नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिट्यान्स हो, विदेशी सञ्चिति कम भयो, अहिले विदेशी सञ्चितीमा प्रेसर भएको छ, ११ महिना पुग्ने वस्तु तथा सेवा आयात गर्ने पुग्ने विदेशीसञ्चिति घटेर ६.७ मा पुग्ने भएको छ, अब अनुशासित हुनुपर्छ ।’ उनले भने ।
    साथै, नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुने पनि उनले विश्वास दिलाए ।

    प्रतिकृया दिनुहोस्