News Portal

  • “सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्र“ नेपाल स्टक एक्स्चेंजमा सुचिकृत

    आर्थीकसंसार संवाददाता२९ चैत्र, २०७८
    ८०० पटक
    २९ चैत्र, २०७८

    काठमाडौं । सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेंज लिमिटेड बीच सिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशत ब्याजदर भएको “सिभिल बैंक डिबेन्चर २०८८” ऋणपत्रको क्रम संख्या १ देखि ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । उक्त सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गरी सम्झौतापत्र आदान प्रदान गर्नु भयो ।
    उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केट मार्फत बिक्रि खुल्ला गरिएको थियो र वितरण भएको ३०,००,००० कित्ता डिबेन्चर अब २०७८ चैत्र ३० बाट नेपाल स्टक एक्स्चेंजमा कारोबार गर्न सकिनेछ भने डिबेन्चरको आर.ति.यस.सम्वन्धी सेवा सिभिल क्यापिटल मार्केट मार्फत गरिने छ ।

    प्रतिकृया दिनुहोस्