News Portal

  • गुडवील फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    आर्थीकसंसार संवाददाता२८ चैत्र, २०७८
    ९८२ पटक
    २८ चैत्र, २०७८

    काठमाडौं । गुडवील फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले ९३ हजार ४८९ कित्ता संस्थापक शेयर चैत १४ गतेदेखि लिलामीमा ल्याएको हो । इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी तथा संघर संस्थाहरुले सोमवार कार्यालय समयसम्म लिलामी शेयरमा आवेदन सक्नेछन् ।
    आवेदकले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
    कम्पनीले कार्यालय समयसम्म प्राप्त भएका बोलपत्र चैत २९ गते मंगलवार बिहान १० बजे मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसारमार्ग,कमलादीमा खोल्ने जानकारी दिएको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिकृया दिनुहोस्