News Portal

  • ज्योति विकास बैंकद्वारा घान्द्रुकको पहिलो एटीएम सञ्चालन

    आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७८
    ९२२ पटक
    २७ चैत्र, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले २०७८ साल चैत्र २७ गतेबाट चर्चित पर्यटकीय स्थल घान्द्रुक–कास्कीमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुरुक शाखा कार्यालय रहेको स्थानमा नै एटीएम सञ्चालनमा ल्याइएको हो ।
    आज आयोजित एक कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० का वडा अध्यक्ष कुमार गुरूङले एटीएम बुथको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।
    उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कुमार गुरूङले सो एटीएम सेवामार्फत त्यहाँका स्थानीय बासिन्दाहरुलगायत पर्यटकहरूलाई पनि निकै नै सुविधा पुर्याउने विश्वास लिएको र बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
    साथै बैंकले हालसालै बैंकिङ्ग पहुँचलाई थप विस्तार गर्दै जनतामाझ बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम, कञ्चनबारी, लहान र कटारीमा चार नयाँ शाखा विस्तार गरेको छ ।

    प्रतिकृया दिनुहोस्