News Portal

  • ‘कृषि कर्जा खेत किन्नेलाई होइन, खेती गर्नेलाई दिनुपर्छ’

    आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७८
    ८६६ पटक
    २७ चैत्र, २०७८

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको ७१औं साधारणसभाबाट सात व्यक्ति र चार संस्थालाई सम्मान गरिएको छ ।
    आज भएको साधारणसभाबाट इश्वरलाल टाइक्म अचिभमेन्टबाट रामलाल श्रेष्ट, जुद्धबहादुर श्रेष्ट मेमोरयल अवार्डबाट सुरज वैद्य, बनवारी लाल मित्तल मेमोरियल एवार्डबाट नवराज घिमिरे, राजवहादुर चिपालु मेमोरियल एवार्डबाट जगदीश अग्रवाललगायत सात जना सम्मानित भएका हुन् ।
    साधारणसभामा बोल्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सँधै प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन् । साथै हरेक समस्याहरुलाई सरकार तथा निजी क्षेत्रहरूसँग छलफल गरी संवादबाट समाधान खोज्न सकिने बताएका छन् । पछिल्लो देशको आर्थिक संकटबारे आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।
    त्यस्तै कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्दो स्थिति नभएको स्पष्ट पारे ।मुख्य सचिव बैरागीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढी जोड दिएको पनि बताए ।
    नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कृषि कर्जा खेत किन्नेलाई नभई खेती गर्नेलाई दिनुपर्ने जनाएको छ । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक रहेको बताए ।
    तरलताको चरम अभाव, विद्युत् समस्या, मूल्यबृद्धि, घट्दो विदेशी मुद्रा संचितीलगायत अर्थतन्त्रमा समस्या देखिएको बताउदै सेयर बजारलाई उत्साहित बनाउनुपर्ने उनको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्