News Portal

  • जनउत्थान सामुदायिक लघुवित्तले विविध कार्यक्रम गरी १२औं वर्षिकोत्सव मनायो

    आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७८
    ७८९ पटक
    २७ चैत्र, २०७८

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न कार्यक्रम गरी १२औं वार्षिकोत्सव मनाएको छ । उक्त समारोह सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षता तथा नेपाल सरकारका पूर्व सचिव तथा संस्थापक अध्यक्ष डा. मान बहादुर बी.के. को प्रमुख आतित्थ्यतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा एक औपचारिक कार्यक्रमका बीच मनाएको कम्पनीले जनाउको छ ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव तथा संस्थापक अध्यक्ष डा. मान बहादुर बी.के. ले वित्तीय संस्थाले सफलता पूर्वक १२ औं वर्ष पूरा गरेकोमा बधाई ज्ञापन गरे । १२औं वर्ष सम्म भएका प्रगतिहरुले आफूलाई गौरम्भावित महसुस भएको र आगामी दिनमा यस वित्तीय संस्थालाई नमुना लघुवित्तको रुपमा पहिचान स्थापित गराउनु पर्नेमा जोड दिए ।
    कार्यक्रममा बाल्दै वित्तीय संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले संस्थाको १२ औं वर्षको निरन्तर यात्रा सम्म विभिन्न चुनौती, आरोह अवरोहहरुका बीचमा पनि सफलता पूर्वक सञ्चालन हुनुमा र आर्थिक, सामाजिक रुपान्तरणमा अमूल्य योगदान पु¥याउने कार्यमा यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
    संस्थाले गर्ने कार्य सम्पादनमा नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियमनकारी निकायहरु, सञ्चालक समिति, संस्थापक तथा सर्वसाधारण शेयरधनी महानुभावहरु, शुभेच्छुक, सम्पूर्ण कर्मचारीहरु, संस्था प्रति विश्वसनीयता दर्शाई साझेदारी गर्नेे विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरु, संस्थाको सेवालाई उपभोग गरी संस्थालाई सफलता पूर्वक सञ्चालनमा अगाडी बढाउन सहयोग पु¥याउनु हुने संस्थामा आवद्ध आदरणीय बैंकिङ्ग समुदाय सदस्यहरु प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गुर्नका साथै, आगामी दिनहरुमा समेत लक्षित उद्देश्य हाँसिल गर्दै वित्तीय संस्थालाई एक सफल नमुना योग्य संस्थाको रुपमा पहिचान स्थापित गर्ने कार्यमा लागि पर्ने प्रतिवद्धताका व्यक्त गरेको छ ।
    उक्त कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्माले स्वागत गरेका थिए भने सञ्चालक, संस्थापकहरु, कर्मचारीहरु, पत्रकारहरु, विभिन्न समुहमा आवद्ध समुह सदस्यहरु र भर्चुअल माध्यमबाट संस्थापकहरु तथा विभिन्न शाखाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ट बैंकिङ्ग समुदाय र उत्कृष्ट शाखालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । साथै, नव वर्ष २०७९ सालको भित्ते पात्रो विमोचन समेत गरिएको थियो ।
    १२ औं वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरुहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, एकल महिला समुह सदस्य सम्मान, खाने पानि ट्यांकी वितरण, दृष्टि विहीन, अपाङ्ग, जेष्ठ नागरीकहरुलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, फलफुल वितरण, हाजिरी जवाफ प्रतियोगिता, ट्राफिक कार्यालयहरुलाई ट्राफिक नियमहरु उल्लेखित साइन बोर्डहरु हस्तान्तरण, मन्दिरमा परिसर सरसफाई लगाएतका थुप्रै कार्यक्रमहरु गर्नुका साथै सम्पूर्ण शाखा कार्यालयहरुबाट एकै साथ केक काटी १२ औं वार्षिकोत्सव भव्य, सव्य र सृर्जनात्मक कार्यहरु गरी मनाएको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जनाए ।
    वित्तीय संस्थाले आफ्नो १२ औं वर्ष सम्मको यात्रामा पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्लाहरु र थप ९ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत करिव ४८,५०० समुह सदस्यहरुका माझ सेवा पु¥याउनुका साथै समुह सदस्यको मागमा आधारित विभिन्न सीप मूलक तालीमहरु, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्व संग सम्बन्धित सेवाहरु समेत प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्