News Portal

  • देशभर थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    आर्थिकसंसार संवाददाता२० भदौ, २०७७
    ४७५ पटक
    २० भदौ, २०७७

    काठमाडौं । वितेको २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महिला ३ सय ४९ र पुरुष ६ सय ९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको उनले बताए ।
    यसैगरी कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् । यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय ८० पुगेको छ ।
    यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८ सय ६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर भएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ । उपत्यकामा थप ४ सय ०८ जना संक्रमित थपिएका छन् ।
    प्रदेश नम्बर १ मा हालसम्म २ हजार ३ सय ४३, प्रदेश नम्बर २ मा ७ हजार ८ सय ४२, बागमती प्रदेशमा २ हजार ३ सय ५१ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ९७, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी आजसम्म २७ हजार १ सय २७ संक्रमित डिस्चार्ज भएका छन् । यस्तै ६ हजार ७ सय १ जना क्वारेन्टिनमा रहेका छन् ।
    आज देशभरी सक्रिय संक्रमित १७ हजार ८ सय ७० जना रहेका छन् । प्रदेश नम्बर १ मा ७ सय ९९, प्रदेश नम्बर २ मा ३ सय २५, बागमती प्रदेशमा ५ हजार ८ सय ७५ र गण्डकी प्रदेशमा ८ सय ६० जना संक्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ५, कर्णाली प्रदेशमा ३ सय ३० र सुदूरपश्चिम प्रदेशमा ७ सय ७२ जना गरी देशभरी ९ हजार ८ सय ६६ संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ४०, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ३१, बागमती प्रदेशमा २ हजार २ सय ४५ र गण्डकी प्रदेशमा ४३ जना रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ९ सय ५२, कर्णाली प्रदेशमा ३६ र सुदूरपश्चिम प्रदेशमा १ सय ५७ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ४ जना संक्रमित रहेका छन् ।
    प्रदेश नम्बर १ मा ३ जना, प्रदेश नम्बर २ मा २८ जना, बागमती प्रदेशमा १ सय ८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा २० जना र कर्णाली प्रदेशमा ३ गरी देशभरी १ सय ६७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर १ मा १, बागमती प्रदेशमा २० र प्रदेश नम्बर ५ मा ३ जना गरी देशभरी २४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्