News Portal

  • नबिल एसएसईका लागि सातै प्रदेशमा खुल्यो आवेदन

    आर्थीकसंसार संवाददाता२४ चैत्र, २०७८
    ९६५ पटक
    २४ चैत्र, २०७८

    काठमाडौँ । नबिल बैंक लिमिटेडले यो वर्षदेखि सञ्चालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरप्रेनरसीप नबिल एसएसई अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरिएको छ ।
    सामाजिक उद्यमशिलता प्रवर्द्धन गर्न सञ्चालन गरिएको नबिल एसएसईअन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रम मध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन आह्वान गरिएको हो ।
    फेलोशिप कार्यक्रम भने यस अघि नै सुरू भइसकेको छ । प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरू र क्षेत्रहरूमा देशभर सामाजिक उद्यमशिलता प्रवर्द्धनलाई जोड दिएको छ । यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने छ ।
    यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरूसँग साझेदारी गरिएको छ । यस साझेदारीबाट एक वर्षमा ७०० तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने कार्यक्रमको सोच रहेको छ ।
    आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न चाहने १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले तोकिएको मापदण्डअनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।
    छनौटमा परेका सहभागिहरुलाई सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषय वस्तुहरूमा प्रयोगात्मक र व्यवहारिक ढङ्गले प्रशिक्षणमा सहभागी गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरू उद्यमशिल सोच र लगानी योग्य व्यवसायिक योजना तयार गर्न सक्ने हुनेछन् ।

     

    प्रतिकृया दिनुहोस्